Monday, August 24, 2015

"म" हुनुको अस्तित्व



आँखा भरि आएका ऑँशुहरू
खस्न खोज्छन, बलिन्र्द झरि झरेझै 
बग्न खोज्छन
चारै दिशाबाट, सबै खोज्छन
म भित्र रित्इएको मेरो अस्तित्व

हारेर ओराली लागेको मृगझै म
आफैभित्र खोतल्छु, "म" को अर्थ
सोघ्छु, के यहि हो म?
के यहि हो मेरो स्थान?

जिउदै मरेको लाशझै विवश 
ठिन्ड उभिएको लाश 
बिफल हुन्छ उत्तरदिन
चिच्याउछ मनमनै
भुतभुताउछ अाफैसँग
आफैले सुन्ने डरले काँन थुन्छ
लाँमो सास लिन्छ 
र 
भुसुक्क निदाउछ र
फेरि बिर्सन्छ
"म" हुनुको अस्तित्व...........